बूनपामा आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमको समिक्षा



०२ असार २०७५, काठमाडौँ

नेकपा बूढानिलकण्ठले आर्थिक वर्ष २०७५/०७६ को नगरपालिकाको नीति तथा कार्यक्रम समिक्षाको लागि अगुवा कार्यकर्ता भेला बूढानिलकण्ठ पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख उद्वव खरेलले सहभागीहरुले सोधेका विभिन्न प्रश्नहरुको जवाफ दिंदै विकास, उत्पादन, रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्व वहन गर्ने विषयमा बजेट केन्द्रित हुने बताएका थिए ।

कार्यक्रममा प्रदेशसभा सांसद दिपक निरौैला, पूर्व सांसद शान्ति अधिकारी, नगर प्रमुख उद्वव खरेल, उपप्रमुख रमादेवी राई, प्रदेशसभा सदस्य सुन्दर पुर्कुटी, लिलाधर सापकोटा, सबै वडा अध्यक्षहरु, सदस्यहरु नेकपाका कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेकपाका नेता विदुर विक्रम खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्