‘भारत’ मा प्रियंकालाई सलमानको साथ : पाईन् १२ करोड



असार २०७५, मुम्वई

लामो समयपश्चात चलचित्र ‘भारत’ मा पुनः बलिउड नायिका प्रियंका चोपडालाई सलमानको साथमा देख्न पाईने भएको छ । प्रियंका चाँडै नै सलमानका साथ फिल्म ‘भारत’ मा काम गर्दैछिन् ।

हाल ‘क्वान्टिको’ मार्फत उनी अन्तराष्ट्रिय स्टार बनिसकेकी छिन् । यस सिरियलको माध्यमबाट उनी अमेरिकाको घर–घरमा पुगेकी छिन् ।

लामो समयपछि उनी बलिउडमा आएकी हुन् । फिल्म ‘भारत’ का लागि प्रियंकाले महंगो रकम डिमाण्ड गरेकी थिईन् । उनले फिल्मका लागि १४ करोड भारतीय रुपैयाँ माग गरेकी थिईन तर नायिका प्रियंका चोपडाले फिल्म ‘भारत’ का लागि १२ करोड भारतीय रुपैयाँ मात्र पाउने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्