गायक राजेशपायल राईको ‘उडी हराउने धुवाँ’ बोलको गीत सार्वजनिक



३१ जेठ २०७५, काठमाडौं

अमेरिकामा रेकर्ड गरिएको गायक राजेशपायल राईको ‘उडी हराउने धुवाँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतलाई दिप घतानीले संगीत तथा एरेञ्ज गरेका हुन् भने शब्द ममता राईको रहेको छ । सार्वजनिक गीतको बारेमा बोल्दै गायक राजेश पायल राईले गीतकार ममता राईको शब्दमा गीत राम्रो बनेको बताए ।

‘नेपाली चलचित्रको हकमा विदेशको कुरा गर्ने हो भने इन्डियामा मात्र नेपाली चलचित्रको गीतहरु रेकर्डिङ गरिरहेका छौं । तर म आफुलाई भाग्मानी ठान्छु की मैले कोरिया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु,’ गीतका बारेमा राईले भने ।

अमेरिकामा रहेर नेपाली गीतसंगीतको विकासमा योगदान गर्दै आएकी गीतकार ममता राईलेपनि अमेरीकामा गीत रेकर्ड गर्न निकै गाह्रो भएको बताइन् । गीत रेकर्ड गर्न केही समस्या भएपनि दुःख गरे अनुसार गीत राम्रो बनेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्