७० प्रतिशत सम्मको बिशेष छुटसहित जुत्ताको समर सेल शुरु



३० जेठ २०७५, काठमाडौं

तपाईँ जुत्ता किन्ने सोचमा हुनुहुन्छ ? त्यसो भए तपाइृँलाई नयाँ जुत्ता वा चप्पल किन्ने सुवर्ण अवसर आएको छ । नेपाली जुत्ता चप्पलका बिक्रीका लागि लोकप्रिय र चर्चित नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला आइतवारदेखि शुरु भएको छ । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, अद्धवैतमार्ग बागबजार, बुद्ध मल बालाजुस्थीत आफ्नै बिक्रि कक्षमा आईतवारदेखि स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालन गरिएकोे हो ।

समर सेल मेला वर्षाको समयमा पनि नेपाली जुत्ता चप्पल खरिदकर्तालाई सहज होस भन्ने हेतुले आयोजना गरिएको हो । ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका वर्ष देखि शुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि आयोजना गरिएको छ ।

समर सेल मेलामा नेपालका प्रमुख ब्राण्डहरुका जुत्ता चप्पलहरु उपलब्ध रहेका छन जहाँ बालकदेखि वृद्धसम्मका लागि उपयुक्त किसिमको जुत्ता चप्पल किन्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार महिला र पुरुष दुबैका लागि फ्याक्ट्रिबाट भर्खरै उत्पादन गरिएका नयाँ आधुनिक, स्टाईलिस र गुणस्तरीय जुत्ता चप्पल समेत बिक्रीमा राखिएको छ । सिमित अवधिको लागि मात्र आयोजना गरिएको सो सेल मेलामा ३०० रुपैयाँदेखि नै विशेष छुटमा जुत्ता चप्पल किन्न सकिनेछ । जहाँ ग्राहकहरुले विभिन्न उत्पादनहरुमा ७० प्रतिशतसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

सेल मेला भन्ने बित्तिकै कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने बुझाई भनौ या गलत भ्रम लाई चिर्नका लागी विशेष छुटका साथ यो मेलामा बिक्रि गर्न लागिएको होे । जहाँ नयाँ र उच्च गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिएका सामाग्रीहरु मात्र राखिने बताईएको छ ।

यसअघि भृकुटीमण्डपमा आयोजना हुने खुद्रे व्यवसायीक मेलाहरुलाई रोक्न र नेपाली जुत्ता चप्पललाई माया गर्ने ग्राहकहरुले नेपाली जुत्ताघरको जुनसुकै शोरुममा गएर समर सेलको अफरमा सामाग्री खरिद गर्नसक्नेछन् ।

आफुलाई चाहिने जुत्ता तथा चप्पल मेलामानै खरिद गर्दै आएको र जसको फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता बढदै गएको स्काई सुजका प्रवन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर वि·स, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि ११ वटा ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि वितरण गरिनेछ ।

उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध हुनेछन । यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुकहरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पलहरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्