नेपाल जापान विद्यार्थी समाजले ऐतिहासिक कार्य गर्दै..



१८ जेठ २०७५, टोकियो

नेपाल जापान विद्यार्थी समाजले स्थापना कालदेखी नै जापानमा अध्यनरत विद्यार्थीहरूको समस्यामा समन्वयकारी भूमिका निर्वाह गर्नूका साथै रचनात्मक कार्यहरू गर्दै आइरहेको छ । यस संस्थाले जापानीज भाषामा निबन्ध लेखन प्रतीयोगीता सहित बहुउपयोगी पुस्तक विद्यार्थी डायरी भाग–२ समेत प्रकाशन गरेको छ । बृहत् साँस्कृतिक कार्यक्रमका बीच दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको केही समय बित्न नपाउँदै नेपाल जापान विद्यार्थी समाजले नेपालको पहिचान र पर्यटन विकासका निम्ति आउँदो जुलाईमा नयाँ कार्य योजना प्रस्तुत गर्ने भएको छ ।

भावी कार्यक्रममा प्रस्तुत हुने योजनाहरु

१. बिश्व शान्तिको केन्द्र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा अवस्थित छ भनी लुम्बिनीका बारेमा जापानिज भाषामा सम्पूर्ण जानकारी लेख चित्र सहित जापानका प्रत्येक प्रीफेक्चरमा बितरण गरिने ।

२. बिश्वको शिर सगरमाथाको बारेमा जानकारी सहित जापानीज भाषामा लिखित सम्पूर्ण परिचय समेटिएको पोस्टर वितरण गरिने ।

३.विश्वकै दुर्लभ एकसिङ्गे गैंडाको बारेमा जानकारी लगायत नेपालका प्रसिद्ध पर्यटकिय क्षेत्रको जापानिज भाषामा पहिचान सहित लिखित पोस्टर वितरण गरिने

जापानमा अध्यनरत विद्यार्थीका समस्याहरू समाधानका लागि जापान सरकारसँग अनुरोध गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईने नेपाल विद्यार्थी समाजका अध्यक्ष चेतन पौडेलले जानकारी गराए ।  निम्न विषयमा थप सल्लाह, सुझाव र सहयोगको लागि जापानवासी नेपालीहरुमा समाजका महासचिव कृष्ण प्रसाद भुषालले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्