यस वर्षको १९ नोभेम्बरमा रणवीर/दीपिकाको विहे



१२ जेठ २०७५, काठमाडौँ

ब्लिउडका चर्चित प्रेमजोडी अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण सम्भवत यसै वर्ष विवाह बन्धनमा बाधिने भएका छन् । भारतीय पत्रिका दैनिक भाष्करका अनुसार उनीहरुको बिहे यसै वर्षको १९ नोभेम्बर मुम्बईमा हुने लगभग निश्चित भएको छ ।

दीपिकाको परिवारले एक साउथ इण्डियन ज्यातिषिलाई ग्रह नक्षेत्र हेराएर मिति तय गरेकाले उनीहरुको विवाह पनि साउथ परम्परा अनुसार नै हुने अनुमान गरिएको छ ।

विवाह मुम्बईमा हुने भएता पनि विवाहस्थल भने अझै फाइनल नभएको परिवार स्रोतले जानकारी गराएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्