३ दिने मनमोहन-मदन स्मृती अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु



१२ जेठ २०७५, काठमाडौँ

काठमाडौं खेलकुद समाजको आयोजनामा ३ दिने मनमोहन-मदन स्मृती अन्तर विद्यालय स्तरीय छात्र-छात्रा भलिबल प्रतियोगीता २०७५ शुरु भएको छ ।

पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि बुनपाका मेयर उद्धव खरेलले ह्यान्डवल चौर कपनमा भलिबल सर्विस गररे प्रतियोगीताको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि पाण्डेले,‘खेलकुदको लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेको तथा देश चिनाउने एक महत्वपूर्ण माध्यम खेलकुद रहेको बताउँदै अन्तराष्ट्रिय स्तरमा सन्दिप लामिछानेले जसरी देशको नाम राखे त्यसैगरी यस प्रतियोगितामा सहभागी खेलाडीहरुले पनि भविष्यमा देशको नाम उच्च पार्न सकून भनी शुभकामना सन्देश दिएका थिए ।

बुनपा नगरपािलकालाई शिक्षा सँगै खेलकुद क्षेत्रमा अगाडि बढाउनुपर्ने धारणा विशेष अतिथि नगर प्रमुख खरेलले राखेका थिए ।

कार्यक्रममा अतिथिहरु बुनपाका वडाध्यक्षहरु शम्भु भट्टराई (वडा नं. १२), राजु अधिकारी (वडा नं. ११), नवराज भट्टराई (वडा नं. १०) तथा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र विभिन्न वडाका वडा सदस्यहरु लगायत बुनपामा रहेका विभिन्न विद्यालयका शिक्षकहरु रहेका थिए ।

काठमाडौँ खेलकुद समाजका अध्यक्ष बद्रि भट्टराईले खेलकुदमा राजनीति हुनु हुँदैन तर राजनीतिमा खेलकुद हुन आवश्यक रहेको भन्दै बुनपामा खेलकुद विकासको लगि राजनीति हुन नहुने मन्तव्य राखेका थिए ।

प्रतियोगितामा छात्र र छात्रा दुई समूह गरी २२ वटा  टिमको  सहभागिता  रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्