जग्गा कब्जा गरेको आरोप लागेका तरुण दलका नेता सिजन गुरुङलाई रिहा गर्न कांग्रेसको माग



१२ जेठ २०७५, धरान

नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई रिहा गर्न नेपाली कांग्रेस सुनसरीले माग गरेको छ । नेपाली कांग्रेस सुनसरीका सभापति एवम् प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै गुरुङलाई रिहा गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा तरुण नेता गुरुङलाई झुटो मूद्दा लगाएर सुनियोजित र षड्यन्त्र पूर्वक पक्राऊ गरिएको दाबी गरिएको छ । गएराती पक्राउ परेका उनलाई निशर्त रिहा नगरे चरणवद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिइएको छ ।

गुरुङलाई तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको आरोप लागेको छ । तर, नेता गुरुङले सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् ।

गुरुङमाथि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्