युएईका शहरहरुमा ऐश्वर्य आउँदै



११ जेठ २०७५, युएई

नेपालका विभिन्न ८ जिल्लामा निशुल्क प्राथमिक स्वास्थ्य तालिम दिने उद्देश्यले युएईमा नेपाली चलचित्र ऐश्वर्यको च्यारिटी शो हुने भएको छ । एनआरएन युएईको संयोजनमा र डिस्कभरी रोयल स्पोर्ट्स युएईको आयोजनामा जुन १५ र १६ मा च्यारिटी शो गर्न लागिएको हो । दुबईको डल्स्को हल र कार्ल्टन होटल मा १५ तारीख तथा आबुधाविको फल्क्लोर थिएटरमा १६ तारीख चलचित्र प्रदर्शन गरिदैछ । अहिलेसम्म विभिन्न ८ जिल्लामा १ हजार जना भन्दा धेरै प्राथमिक उपचार स्वयंसेवकलाई तालिम दिइसकेको र अब थप झापा, मोरङ्ग, सुनसरी, धनकुटा, रुपन्देही, स्याङ्जा, गुल्मी र पाल्पा गरि ८ जिल्लामा निशुल्क तालिम आयोजना गरिदैछ ।

उक्त नि:शुल्क प्राथमिक उपचार तालिम सञ्चालन गर्न आवश्यक रकमको जोहो गर्ने उद्देश्यले मुस्लिम धर्मावलम्बीको महान चाड इदको अवसर पारेर चलचित्रका कलाकार र इनास युएईका कलाकारहरुको उपस्तिथिमा गरिन लागेको कार्यक्रममा उपस्थित जनाएर मनोरञ्जन लिनका साथै यो महान अभियानमा हातेमालो गर्न युएईमा कार्यरत सबै नेपालीहरुलाई आग्रह गरिएको एनआरएनकर्मी सुमन पराजुलीले बताए ।

उक्त कार्यक्रममा नेपालबाट नायक तथा निर्माता रमेश उप्रेती, नायिका सञ्चिता लुइँटेल, निर्मल शर्मा र सन्दिप क्षेत्रीको उपस्थिती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्