सबै क्षेत्रको सिण्डिकेट हट्न धेरै समय लाग्दैन र सुन तस्करीका भरिया होइन, मालिक पक्रन्छौं : गृहमन्त्री थापा



११ जेठ २०७५, धनगढी

प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशको विकास र समृद्धिततर्फ सरकार लागि परेकाले अब अपराध, भ्रष्टाचार, अनियमितता कुशासन र अपराधलाई नियन्त्रण गरी देशलाई समृद्धिको बाटोमा अघि बढाउने बताए ।

गृहमन्त्री थापाले भने, अहिलेको समय भनेको अपराधीको अन्तिम छट्पटीको समय हो । उनीहरु उम्कीनको लागि अन्तिम प्रयास गर्दैछन् । यसअघि आपराधिक घटनामा भरिया मात्रै पक्राउ परेकोमा गृहमन्त्री थापाले थपे, ‘अब हामी भरियालाई हैन, मालिकलाई पक्राउ गर्न सुरु गरिसक्यौँ । जसको उदाहरण हो, सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे ।’

‘शिक्षा, स्वास्थ्य, यातायात लगायत सबै क्षेत्रमा सिण्डिकेट (एकाधिकार) छ । त्यसको अन्त्यका लागि अभियान सुरु भइसकेको छ । ढुक्क हुनुस्, सबै क्षेत्रको सिण्डिकेट हट्न धेरै समय लाग्दैन ।’ तत्कालीन एमाले र माओवादी केन्द्रबिच भएको पार्टी एकता राजनीतिक स्थायित्वका लागि भएको गृहमन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्