भेट्टाएको डेढ करोड फिर्ता गर्ने झापाका मिरन कार्की दुबईमा सम्मानित (भिडियो सहित)



०९ जेठ २०७५, युएई

दुबईको इमिरेट्स मलमा रहेको स्टारबक्स कफि शपमा कार्यरत झापाका मिरन कार्की दुबईको स्थानिय प्रहरीद्वारा सम्मानित भएका छन् ।

उनले काम गर्ने कफी शपमा ग्राहकले भुलेको १ लाख १८ हजार डलर (झन्डै १ करोड ३० लाख रुपैयाँ) सहित पासपोर्ट र महत्वपूर्ण कागजात फिर्ता गरेर एक उदाहरणीय काम गरेका छन् । उनले नगद सहितको झोला स्थानिय प्रहरी मार्फत सम्बन्धित ब्यक्तिलाई बुझाएका थिए । नेपाली बहादुर मात्रै नभएर इमान्दार र नैतिकवान पनि हुन्छन् भन्दै दुबई प्रहरीले उनलाई कार्यस्थलमै पुगेर प्रमाणपत्र सहित सम्मान गरेको थियो । पर्यटक भिषामा घुम्न आएका प्यालेस्टाइन नागरिकको इमान्दारिताका साथ नगद र पासपोर्ट फिर्ता गरेको भन्दै उनलाई युएईको राष्ट्रिय सम्मान सरहको सम्मान प्रदान गरिएको छ ।

उनको सम्मान सँगै अहिले नेपालीको इमान्दारीताको प्रशंसा युएईभर फैलिएको छ । कार्कीले काम गर्ने कम्पनी म्यानेजर र सिइओले समेत फोन गरेर उनलाई धन्यवाद दिएका छन ।

उनको कामको प्रशंसामा दुबईका स्थानिय संचारमाध्यम खालिज टाईम्स दुबई र वाट्स अनले मुख्य समाचार बनाएर प्रकाशन प्रसारण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्