राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि दिल्ली लगियो



०९ जेठ २०७५, काठमाडौँ

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि बुधबार भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको छ ।

राष्ट्रकवि घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि नयाँदिल्ली लागिएको जानकारी छोरी उषाकिरण अधिकारीले दिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिँदै उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए । उनको उपचारमा संलग्न चिकित्सक डा‍. विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि दिल्ली लैजान सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्