विश्वकै सबैभन्दा पातलो टिभी नेपाली बजारमा



०८ जेठ २०७५, काठमाडौँ

के एल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेपर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । जम्मा ३.६ एमएम मोटाइ रहेको टिभी विश्वको सबैभन्दा पातलो टिभी हो, यो स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ ।

सोमबार सांझ काठमाडौँमा डिलर मिट आयोजना गरि उक्त टिभी सार्वजनिक गरिएको थियो । ओएलइडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलइडी टिभी भन्दा निकै राम्रो रहेको छ ।

जेबीएल साउण्ड सिस्टम जडान गरिएको टिभीमा उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यसको मूल्य नेपाली बजारमा रु २० लाख भन्दा माथि पर्ने कम्पनिले जनाएको छ ।

वर्ल्ड कप स्किम अफर नेपालभर संचालनमा रहेको स्काईवर्थको  ‘वालपेर टिभी’मा उपभोक्ताले २५ प्रतिशतसम्मको अफर पाउने छन् ।

हेर्नुहोस् भिडियोमा :

 

प्रतिक्रिया दिनुहोस्