‘अमेरिका बोइज’ को ‘मेरो ध्यान नै तिमीमा’ सार्वजनिक



चलचित्र ‘अमेरिका बोइज’ को दोस्रो गीत ‘मेरो ध्यान नै तिमीमा‘ सार्वजनिक भएको छ । जयन जे वाइबाको सङ्गीत रहेको गीतमा रोशन थापा र सुजन सिंह ठकुरीको स्वर रहेको छ ।

प्रवेश पौडेलद्वारा निर्देशित चलचित्रमा अर्पण थापा, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय देखिन्छ ।

समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह-निर्माताको रुपमा रहेका छन् । आलोक शुक्लाले खिचेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । उक्त चलचित्र जेठ १८ देखि प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्