बुनपा १० मा बेसबल प्रतियोगिता सम्पन्न



०४ जेठ २०७५, काठमाडौँ

प्रदेश नं. ३ पेशापालो संघको आयोजनामा भएको बेसबल प्रतियोगिता बुनपा १० ह्याण्डबल ग्राउण्ड कपनमा सम्पन्न भएको छ ।

प्रतियोगितामा बुनपाका कुल ५ विद्यालयको सहभागिता रहेको थियो । ब्वाईज र गर्ल्स समूह गरी छुट्टाछुट्टै खेलाइएको प्रतियोगितामा दुवैतर्फ ब्रेनल्याण्ड एकेडेमी प्रथम भएका छन् । ब्याईजतर्फ ज्ञानप्रकाश एकेडेमी द्वितीय भएको छ भने गर्ल्सतर्फ पुष्पलाल उमावि भएको छ ।

डा. राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिको रुपमा अन्र्तराष्ट्रिय पेशापालोका अध्यक्ष सुजी प्यालो रहेको जानकारी काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्