बलिवुडमा दिदी-भाईको फिल्म एकै दिन रिलिज हुदै



बलिवुडमा एक भन्दा बढी फिल्म एकै दिन रिलिज हुने कुरा त सामान्य हो । तर आगामी जुन एक तारिखमा बलिवुड एउटै परिवारका दिदी भाईको फिल्म एकै दिन रिलिज हुने भएको छ ।

हर्सबर्धन कपुर अभिनित फिल्म ‘भावेश सुपरहिरो’ ले २५ मे बाट एक जुनमा रिलिज मिति सारेपछि अब हर्सबर्धन अभिनित भावेश सुपरहिरो र उनकी दिदी सोनाम कपुर अभिनित वीर दी वेडीङ एउटै मितिमा रिलिज हुने भएका हुन् ।

अनिल कपुरका दुई बच्चामा कसले मार्ला बाजी भन्ने अड्कल हुन समेत थालेको छ । त्यसैले जुन महिना अनिल कपुर र परिवारका लागि निकै महत्वपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्