रैराङद्वारा सर्वसाधारणका लागि शेयर निष्कासन



३१ वैशाख २०७५, पाँचथर

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ ।

सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले जानकारी दिएका छन् । शेयर वैशाख ३१ देखि जेठ ३ गतेसम्मका लागि खुल्ला गरिएको हो ।

सी आश्वा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत यस कम्पनीको न्यूनतम ५० कित्ता तथा अधिकतम चार हजार २०० कित्ता शेयरका लागि निवेदन दिन सकिने उनले जानकारी दिएका छन् । डी म्याट खाता नभएका नागरिकले  आफ्नो पायक पर्ने बैंक तथा वित्तीय संस्थामा डी म्याट खाता खोली सी आश्वामार्फत निवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्