फरक पहिचान सहित ओल्ड स्कुटी रेष्टुरेण्ट बालाजुमा शुरु



२५ बैशाख २०७४ काठमाडौं

काठमाडौको बालाजु बाइपासमा ओल्ड स्कुटी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी सरोज रिमालद्वारा सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेण्टको आज नायक एवम मोडल अनिल थापा र रिमा विश्वकर्माले सयुक्त रुपमा रिवन काटेर रेस्टुरेन्टको उद्घाटन हुन् ।

अरु भन्दा भिन्न सेवा दिने बताउने रिमाल भन्छन, ‘काठमाडौमा हजारौ रेष्टुरेण्ट छन तर हाम्रो सेवा सबै भन्दा भिन्न पाउनुहुनेछ ।’ उनले थपे नयाँ काम नयाँ ढंगले शुरु गरौं भनेर आफूले रेष्टुरेष्टको नाम ओल्ड स्कुटी राखेका छौँ । रेष्टुरेण्टको वोर्डमै स्कुटर झुन्ड्याएको छ भने भित्र स्कुटरमा खाना खाने टेवुल समेत फिट गरिएको छ,जसमा बसेर स्वादिष्ट खानाहरुको मज्जा लिन सकिन्छ ।

युवा व्यवसायी रिमाल भन्छन, रोजगारीको लागि छट्पटाउदै विदेश धाउनु भन्दा दु:ख-सुख आफ्नै देशमा व्यवसाय गर्नु राम्रो लागेर रेष्टुरेण्ट व्यवसाय गर्ने निर्णय गरें’ ।

६ जनालाई रोजगारी समेत दिएको रेष्टुरेण्ट शुरुवात सँगै दैनिक २० देखि ४० हजार सम्मको व्यापार हुन थालेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्