झापाको कमल गाउँपालिकाको आधिकारीक वेवसाईट शुरु



२४ वैशाख २०७५, झापा

झापा जिल्लाको कमल गाउँपालिकाले पूर्ण विवरण सहितको प्रारम्भिक वेवसाईट सार्वजनिक गरेको जानकारी अध्यक्ष मेनुका काफ्ले पोखरेलले परिवर्तन खवरलाई दिएकी छिन् ।

झापाको कमल गाउँपालिकाले उत्तरतर्फ ईलाम जिल्ला, दक्षिणतर्फ गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका, पश्चिमतर्फ रतुवा खोला, दमक नगरपालिका र पूर्वतर्फ शिवसताक्षी नगरपालिका रहेको यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरु तोपगाछी ६३.७९ व.कि.मि. र लखनपुर ३३.६५ वर्ग कि.मि. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल ९७.४४ वर्ग किमि रहेका जानकारीमा छ ।

बिभिन्न जनजातिहरुको बसोवास भएको गाउँपालिकामा बाहुन, क्षेत्री, लिम्वु, राई, दमाई, कामी, धिमाल, सल्थाल, ताजपुरिया, मगर, राजवंशी, तामाङ, गुरुङ, याक्खा, माझी आदिको वसोवास रहेको वेवसाईटमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्