झोले क्याम्पस खारेज गर्दै त्रिवि



काठमाडाैं १४ वैशाख: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।

त्रिवि अनुगमन निर्देशनालयले अनुगमन तथा नियमन प्रक्रिया थालेको कान्तिपुरको समाचारमा उल्लेख छ । अनुगमन गर्दा त्रिविको रेकर्डमा क्याम्पसको नाम, सञ्चालन गर्ने ठाउँ र सञ्चालक फेला नपरेका तथा कतिपय किनबेच भइरहेको फेला परेपछि खारेज प्रक्रिया अघि बढाइएको त्रिवि पदाधिकारीले जनाएका छन् । याे समाचार अाजकाे कान्तिपुरले छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्