ओखलढुंगाको विकासमा खतिवडाको सकृयता



रुम्जाटार, १३ बैशाख

ओखलढुंगाको रुम्जाटार विमानस्थलमा नियमित उडान सञ्चालनका लागि नेपाली कांग्रेसका नेता रामहरि खतिवडा सहित जिल्लाका नेताहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेता खतिवडा सहितको टोलीले बुधबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमाः

रुम्जाटार विमानस्थललाई आधार बनाएर हवाई इन्धनको डिपो सञ्चालन गरिनु पर्ने ।
जिल्लाको पश्चिमी भेगस्थित खिजी चण्डेश्वरी विमानस्थलमा परीक्षण उडानको व्यवस्था मिलाउनुु पर्ने ।
कालोपत्रे भइसकेको जिल्लाको रुम्जाटार विमानस्थलमा नियमित उडानको व्यवस्था मिलाउनुपर्ने लगाएतका माग ज्ञापन पत्रमा उल्लेख गरीएका छन् ।

नेता खतीवडाका अनुसार ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले ओखलढुंगाको रुम्जार विमान स्थलमा नियमित उडानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

खतिवडाको पहलमा टेलिकमको निर्माण
ओखलढुंगाको उत्तरी भेगमा रहेको साबिकको जन्तरखानीमा आफुले चाहेको बेलामा मोवाइलमा सम्पर्क हुन नसक्दा त्यहाका स्थानीयहरुले सास्ती खेप्नु परेको थियो तर अब त्यो दुःख भने त्यहाका स्थानीयलाई टरेको छ । नेपाली काँग्रसका नेता रामहरी खतीवडाले चुनाबमा भोटमाग्ने क्रममा त्यहाका स्थानीएलाई आफु निर्वाचित भएपश्चात २०७४ साल भित्रै नेपाल टेलिकमको टावर निर्माण गरिसक्ने प्रक्तीबद्धता जनाउनु भएको थियो तर उहाँले आफु निर्वाचित नभए पनि जनता लाई दिएको बचन पुरा गर्नुभएको छ ।

खतीवडाको पहलमा २०७४ साल चैत्र २७ मा नेपाल टेलिकमको टावर निर्माण भएपछि यति बेला त्यहाका स्थानीयहरु निकै हर्षित बनेका छन् । नेपाल टेलिकमको मोवाइल सेवाबाट बन्चित भएको अवस्थामा टावर बनेपछि त्यस क्षेत्रका स्थानियले ढुक्कका साथ आफन्तसंग खुसी साटासाट गर्ने मौका पाएका छन् । टावर निर्माण भई टेलिफोन सेवा सञ्चालनमा आएपछि यतिबेला स्थानीयहरुले खतिवडाप्रति निकै खुसी ब्यक्तगरेका छन् ।

प्रतिक्रिया दिनुहोस्