यी हुन अण्डा दिने बच्चा, डाक्टर चकित (भिडीयो सहित)



शीर्षक पढ्दा पत्याउने कुरै हुँदैन हैन त ? त्यत्तिकै वाहियात लेख्छन भन्ने सोच आउँछ । तर यो खबर भने झूठो होइन ।

कहिलेकाहिँ संसारमा यस्ता अपत्यारिला कुराहरु हुन्छन्, सुन्दा विश्वास लाग्दैन । तर यहाँ मानिसहरुले त प्रत्यक्ष आँखाले देखेर पनि विश्वास गरिरहेका छैनन् । डाक्टरहरु पनि चकित छन् ।

आखिर के हो त यस्तो ?

कुखुरा जस्तै अण्डा दिने १४ वर्षीय किशोर । देश इण्डोनेशिया, विगत दुई वर्षदेखि नियमित अण्डा दिइरहेका छन् ।

इण्डोनेशियाको गोवामा बस्ने यी १४ वर्षका किशोरले १२ वर्षको उमेरदेखि अण्डा दिन सुरु गरेका हुन् । एउटा भिडियोमा यिनले डाक्टका अगाडि अण्डा दिएको देखाइएको छ । आफ्नै आँखा अगाडि यसरी अण्डा दिएको देखेपछि डाक्टरहरुलाई सुरुमा त विश्वास नै भएन रे ।

कतिपयले भने यसलाई कुनै ट्रिक्स लगाएर अण्डा दिएको पनि भनेका छन्। तर निकै आरोप लाग्ने गरेपछि अकमल नाम गरेका यी युवाको परिवारले उनलाई अस्पताल समेत लगेका थिए । अस्पताल गएर एक्सरे गर्दा समेत उनको शरीरमा अण्डा देखियो ।

अकमलका बुवाले बताए अनुसार, उन्ले अहिलेसम्म १८ वटा अण्डा दिएको । शुरुमा अण्डा फोरेर हेर्दा पुरै पहेलो भएको र दोश्रो अण्डा फोर्दा पुरै सेतोमात्र रहेको उनका बुवाले बताए ।

अहिले भने डाक्टरको प्रत्यक्ष निगरानीमा अकमलले अण्डा दिने गरेको छ । शेख युसुफ हस्पिटलका डाक्टहरुको एउटा टिम नै उनको अण्डा रहस्यका लागि खटिएको छ ।

भिडीयो:

प्रतिक्रिया दिनुहोस्