भारतीय प्रधानमन्त्री माेदी अाउन दुर्इ साता बाँकी रहँदै काठमाडाैंमा ‘सर्च अप्रेशन’ सुरू



 

काठमाडौं, १३ वैशाख

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउन दूर्इ साता बाँकी नै छ, यता काठमाडाैंमा भने सुरक्षा व्यवस्थाकाे नाममा कडाइ हुन थालेकाे छ । बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले आफ्ना मातहतका बृत्तलाई काठमाडौंको सुरक्षा कडा बनाउन निर्देशन दिएका छन्।

सुरक्षा योजनाअनुसार बुधबारबाट नै राजधानीमा सर्च अप्रेशन सुरु गरेको जनाइएकाे छ । शंकास्पद गतिविधिमा लागेका व्यक्तिको निगरानीदेखि जाँचसमेत गर्न आदेश भएको बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले बताए।

माेदीकाे भ्रमणलार्इ लक्षित गरी सरकारले सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको जनाइएकाे छ। गृह मन्त्रालयको निर्देशनअनुसार राजधानी, जनकपुरलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा बनाउन लागिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। वैशाख २८ गते नै मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको भारतीय र नेपाली अधिकारीहरुलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्