यस्ता छन् रिस नियन्त्रण गर्ने तरिकाहरु



काठमाडौं, १३ वैशाख

कतिपय कुरामा रिस उठ्नु स्वभाविक हो तर सबै मानिसको रिस एउटै हुदैन सबैको फरक फरक नै हुन्छ । कसैलाई रिस धेरै समय सम्म उठ्छ भने कसैको एकछिनमै शान्त हुन्छ । रिसले शारिरिक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा समेत नराम्रोसँग प्रभाव पार्छ । र धेरै रिसाउदा आफ्नो नजिकको मान्छेको सम्बन्धमा पनि प्रत्यक्ष असर पर्छ ।

धेरैलाइ यो रिस किन उठेको होला ,नउठ्नुनि भन्ने लाग्छ होला आज हामि यसै कुरालाइ लिएर टिप्स लिएर आएका छौ जसले तपाईको रिस नियन्त्रण गर्न मदत गर्नेछ ।

१) गहिरो श्वास लिने : याद गर्नु भएको छ ? तपाई रिसाएको बेलामा चाँडो चाँडो श्वास लिइरहनुहुन्छ । तर रिस वा आवेग आउने वित्तिकै झट्ट गहिरो श्वास लिनुहोस । नाकबाट श्वास लिने र करिब ५ सेकेण्ड रोकेर मुखबाट फाल्ने गर्नुहोस । तत्कालै तपाईले शान्त महशुस गर्नु हुन्छ ।

२) पानी पिउने : रिस उठ्दा प्राय मानिसको दिमाग तातेको हुन्छ र मुटुको धड्कन बढेको हुन्छ । यस्तो अवस्थामा चिसो पानी पिउदा पनि दिमाग ठन्डा हुन्छ । साथै दिमागमा अक्सिजनको मात्रा पुग्छ र मन शान्त रहन्छ ।

३) अभिलेख राख्ने, डायरी लेख्ने : रिस पोख्ने सबैभन्दा सुरक्षित तरिका हो डायरी लेख्ने । तपाईलाई के विषयले आक्रोशित पुयाएको छ, त्यसलाई डायरीमा टिपोट गर्नुहोस । तपाईको आफ्ना सोच र भावनालाई अभिलेख राख्नकै लागि एउटा डायरी बनाउन सक्नुहुन्छ । यसले तपाई आक्रोशित वा उत्तेजित हुनुको कारण बुझ्न सहयोग पुयाउनुका साथै नकरात्मक आवेगलाई समाधान गर्छ ।

४) कमजोरी केलाउने : प्राय मानिसले अरुलाई मात्र दोषी देख्छ तर आफ्नो कमजोर हेर्दैन । झगडा वा रिस उठ्नका कारणलाई रचनात्मक तरिकाले विश्लेषण गर्नुपर्छ । त्यसमा आफ्नो पनिा दोष हुनसक्छ । आफ्नो दोष छ भने माफ माग्दा प्रतिष्ठा बढ्छ । यसले सकारात्कम बाटोमा डोर्‍याउछ ।

५) ध्यान गर्ने : ध्यान गर्ने मानिसले सजिलै रिसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ ।

६) कागतीको तेल : कागतीको तेलको नस लिदाँ सकरात्मक सोचको विकास हुने र मानिसलाई खुसी र शान्त बनाउने वैज्ञानिकहरुले प्रमाणसहित पत्ता लगाएका छन् । कागतीको तेलबाट मानिसलाई शान्त बनाउने एक प्रकारको तत्व पाइने वैज्ञानिक बुझाई छ । कागतीको तेल सुग्दा न्युरोट्रान्समिटर नोरिपिनेफ्राइनले दिमागमा अक्सिजनको मात्रा बढी प्रबाह गराइदिन्छ । यस पक्रियाले तपाईले स्पष्ट र चाँडो सोच्न सक्ने क्षमातामा बृद्धि गराउछ ।

७) एरोविक व्यायाम : छिटो र लामो समय रिसाउने बानी छ भने एरोविक कक्षा लिँदा यस्तो बानी सुधार गर्न सहयोग मिल्छ । एरोविक व्यायामले सेरोटोनिन (खुसी बनाउने हर्मन) उत्पादन गर्न सहयोग गर्ने भएकोले मानिस खुसी तथा प्रफुल्लित हुन्छ । यस्तो कक्षा जुन सुकै उमेर समूहका मानिसले लिन सक्छन् ।

८) फटाफट हिड्ने : जब बहस गरम हुन्छ र आवेग उत्कर्षमा पुग्न थाल्छ त्यस्तो अवस्थामा तत्काल केही समय हिड्नुहोस । यसरीे हिड्दा प्रयाप्त अक्सिजन मिल्नुका साथै बिस्तारै दिमाग शान्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्