बिहिवारको राशिफल, कुन राशिको कस्तो योग



मेष

मेष (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) प्रेममा सफलता पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पाइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोस जाँगर र हिम्मत बढ्नेछ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ । आत्मिक सन्तुघ्टि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ती, तु, ते) धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । प्रेमीको सहयोग पाइनेछ ।

धनु

धनु (ये, यो, भा, भी, भु, धा, फा, डा, भे) नयाँ काम वा रोजगार पाइनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । धार्मिक यात्राको योगछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । वित्तीय संस्था बाट सहयोग पाइनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

बृष

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकाको भय रहला । अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो) नयाँ कार्यको योजना बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाइनछ । पार्टनरमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सामान हराउन सक्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ ।

बृश्चिक

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यी, ) सामाजिक कार्यमा मन जाला । पराक्रम बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मान प्रतिष्ठामा वृद्धि होला । राज्यबाट सहयोग मिल्नेछ ।

मकर

मकर (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । समय प्रतिकूल भई कुलतमा मन जानेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेका काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भएछ सचेत रहनुहोला । पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रने छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।-ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्राे पात्राेबाट

प्रतिक्रिया दिनुहोस्