कत्तै तपाई गलत ‘ब्रा’ त किन्दै हुनुहुन्न ? ‘ब्रा’बारे जान्नै पर्ने कुराहरु



विश्वभरका महिलामा जव कपडाको कुरा हुन्छ नि, त्यहाँ सबैभन्दा पहिला ब्राको बारेमा चर्चा हुने गर्छ । महिला पिच्छे रोजाइ फरक हुनु नौलो कुरा भएन । तर अधिकांश महिलाले ब्रा किन्दा सधै एकै किसिमकाे गल्ती गर्ने गर्छन् । यसै सन्दर्भमा हामी ब्रासँग जोडिएका केही गल्तीबार यहाँ जानकारी गराउंदै छौं । जानुहोस् कत्तै तपाई पनि त्यस्तै गल्ती त गर्दै हुनुहुन्न्ः

कमसल ब्रा खरिद

यदि अनलाइन सेलमार्फत ब्रा किन्दै हुनुहुन्छ भने तपाई पक्का कमसल ब्रामा पैसा फाल्दै हुनहुन्छ । तर एउटा राम्रो र कमसल ब्रामा आकाश जमीनको फरक हुन्छ । कमसल ब्राका तुलनामा राम्रा ब्राले तपाईलाई सहज र आरामदायी महशुश हुन्छ र नियमित धुँदा पनि त्यसको गुणस्तरमा गिरावट आउदैन । तर कमसल ब्रा २/४ पटक धोएपछि आफ्नो रुपै बदलिन्छ ।

गलत साइजको ब्रा

महिलाहरु यो एउटा गल्ती अक्सर गर्ने गर्छन । यदि तपाईले किनेर ब्राको साइज फिटिङ गराउनु भएको छैन भने तपाईले पक्कै गलत साइजको ब्रा लगाइरहनु भएको छ । तौल बढ्ने, तौल घटने, गर्भवती हुन वा हार्मोनहरुमा परिवर्तनका कारण महिलाहरुको शरीरमा परिवर्तन आइरहेको हुन्छ । जसका कारणले समय–समयमा ब्राको फिटिंङमा पनि परिवर्तन भई रहेको हुन्छ । त्यसैले केही समयको अन्तरमा ब्रा को फिटिंङ चेक गर्नु पर्छ ।

दुइ दिन एउटै ब्रा लगाउनु

एउटै ब्रा दुई दिनसम्म वा सो भन्दा धेरै दिन लगायो भने ब्रा धेरै दिनसम्म चल्छ भने महिलाहरुको सोचाइ हुन्छ । तर यो सोचाई पूरै गलत छ र कुनै सत्यता छैन । तपाईको ब्रामा पहिलेकै आकार (सेप) मा आउन पनि समय चाहिन्छ । एक दिन भन्दा बढी लगाएमा तपाईको ब्राको इलाष्टिक नै लुज हुन्छ । यसको साथै एउटै अण्डरगार्मेन्ट (भित्री कपडा) एक दिनभन्दा धेरै लगाउनु अनहाइजीनिक मानिन्छ ।

ब्रालाई वाशिङ मेसिनमा धुनु

यदि तपाई आफ्नो ब्रालाई वासिङ मेसिनमा धुनुहुन्छ भने त्यो बानीलाई आजै सुध्रार्नुस् । किनकी ब्रा एकदमै कमजोर फैब्रिकले बनेको हुन्छ । वासिङ मेसिनमा धुनाले ब्राको कपडा विग्रिन सक्ने सम्भावना धेरै हुन्छ । त्यसै त ब्रा हातले धुनु राम्रो मानिन्छ । तर आजभोलि धेरै मानिसले सजिलोका लागि कपडा धुन वासिङ मेसिनको प्रयोग गर्छन् । सम्भव भए सम्म ब्रा हातैले धोनुहोस् भएन भने लान्जरी ब्यागमा राखेर वासिङ मेसिनमा धुदा राम्रो ।

ब्राण्ड अनुसार फरक साइज

यदि तपाई अलग–अलग ब्राण्डमा पनि एउटै साइजको ब्रा किन्नु हुन्छ भने त्यो गलत गरिरहनु भएको छ । ब्राको बेन्ड र कप साइज ब्राण्ड अनुसार फरक–फरक हुने गर्छन् । तर जे भएपनि कुनै पनि ब्राण्डको ब्रा किन्दा लगाएर मात्रै किन्नुस् ।

ब्राको पनि एक्सपायर डेट

यदि तपाई आफूलाई मन परेको ब्रा लामो समयदेखि लगाइरहनु भएको छ भने अब त्यो परिवर्तन गर्ने समय आयो । तपाई अचम्भित हुनु होला एउटा ब्राको ६ देखि ९ महिनासम्म मात्रै हुन्छ भन्ने सुन्दा । यदि तपाईले एउटा ब्रा त्यो भन्दा लामो समयसम्म लगाउनु भयो भने त्यसको हुक झर्न थाल्दछ र स्तनले पनि बाहिर हेर्न थाल्दछन् । यस्ता संकेत देखिन थालेपछि तपाईले बुझ्नुपर्छकी पूरानो ब्रा फ्याकेर नयाँ किन्ने बेला भयो भनेर ।

राम्रोसँग राख्नुस्

जसरी तपाई आफ्ना कपडालाई जतन गरेर दराजमा राख्नुहुन्छ त्यसरी नै ब्रालाई पनि राम्रोसँग राख्नुस् । किनकी हरेक ब्राको आफ्नो युनिक सेप हुन्छ यदि तपाईले सोही अनुसार राख्नु भएन भने त्यसको आकार (सेप) विग्रिन्छ ।

प्रतिक्रिया दिनुहोस्