दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समुद्घाटन (फोटो फिचर)



काठमाडौँ, ०७ वैशाख २०७४

जिल्ला खेलकुद विकास समिति काठमाडौँद्वारा आयोजित दशौँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७४ को उद्घाटन एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुढानिलकण्ठ विद्यालयको प्रांगणमा आयोजित भब्य कार्यक्रम बिच गरेका छन् ।

उद्घाटन सत्रमा बुढानीलकण्ठ स्कूलका प्रिन्सीपल केशर ब. खुलाल, खेलकुद जिल्ला अध्यक्ष ध्रुवराज न्यौपाने, बुनपा १० का वडाध्यक्ष नवराज भट्टराई र ११ का वडाध्यक्ष राजु अधिकारी

उद्घाटन समारोहमा बोल्दै नेता नेपालले पछिल्लो समय निजि तथा सरकारी विद्यालयदेखि आर्मी, प्रहरी र शसस्त्र प्रहरीले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा गरे । बन्दै गरेको स्पोर्ट्स एकेडेमीलाई व्यवस्थित, श्रोत साधन सम्पन्न बनाएर खेलक्षेत्रलाई थप प्रभावकारी, ब्यबस्थित र मर्यादित बनाउनु पर्नेमा पनि नेपालले जोड दिए ।

प्रमुख अतिथिलाई मायाको चिनो दिंदै जिल्ला अध्यक्ष ध्रुवराज न्यौपाने
नृत्य गर्दै विजेश्वरी शैनिक महाविद्यालयका विद्यार्थीहरु
नृत्य गर्दै नेपाल युवक मा.वि.का विद्यार्थीहरु
नृत्य गर्दै प्रशान्ति एकेडेमी कपनका विद्यार्थीहरु

उद्घाटन सत्रमा सम्मान वितरण, मन्तब्य र नृत्य प्रतियोगिता समेत भएको थियो । दुई दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले बताए । मन्तब्यकै क्रममा न्यौपानेले ठूला ठूला कुरा गर्ने काठमाडौं जिल्लाका विभिन्न नगरपालिकाहरुबाट प्रतिनिधि नआएकोमा खेलकुद प्रति जननिर्वाचितले समेत वास्ता नगरेकोमा दुख: व्यक्त गरे ।

उद्घाटन कार्यक्रमको अध्यक्षता काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले गरेका थिएभने संचालन समितिका कर्मचारी सानुराजा के.सी.ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्