पोखरा विश्वविद्यालयमा अनेरास्ववियुको सुनिल नेतृत्वको प्यानलै विजयी



काठमाडौं, २२ चैत

हिजो भएको पोखरा विश्वविद्यालयको स्ववियुमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । पहिलो पल्ट भएको स्वावियू चुनावमा अनेरास्ववियका सुनिल तिमिल्सिना नेतृत्वको प्यानलै विजयी भएको अखिलका सचिव सुदेश पराजुलीले जानकारी दिए । तिमिल्सिनाले नेविसघंको डिफान भुजेललाई पछि पार्दे सभापति निर्वाचित भएका हुन् ।

यसैगरी सचिवमा सुरज परिवारले नेविसंघका नारायण सापकोटालाई पछि पारेर विजयी भएका हुन् । भने कोषाध्यक्षमा विजयी प्रकृति ढवाडीले नेविसंघकै विनिता लामिछानेलाई पछि पारिन् । मतगणना भने जारी रहेकाे छ । मतगणना जारी रहेपनि अनेरास्वावियु मत अगाडी रहेकाले अनेरास्वावियुकाे प्यानलै विजयी भइसकेका छन् । तर आधिकारिक घोषण भने मतगणना सकिएपछि हुनेछ ।

११ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था अन्तर्गत ५ विद्यार्थी संगठन सँगै केही स्वतन्त्र गरी ३५ जना चुनावी मैदानमा उत्रिएका थिए ।जसमा ८ जना समानुपातिक गरी १९ सदस्यीय समिति चयन हुने छन्।

मतदान प्रक्रियामा विभिन्न संगठनका झण्डै २१ सय मतदाता थिए भने १ हजार ७ सय ६९ जना विद्यार्थीले मतदानमा भाग लिएको थिए । सन् १९९७ मा स्थापित पोखरा विश्वविद्यालयमा मतगणना पछि पहिलो पल्ट संस्थापक सभापति सहित स्ववियु गठन हुने भएकाे हाे ।

निर्वाचनमा ११ सदस्यीय स्ववियुका लागि ५४ जनाले विभिन्न पदका लागि उमेदवारी दिएका थिए । चुनावका लागि नेविसंघ, अनेरास्ववियु, क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र स्वतन्त्रले सिंगल प्यानल दर्ता गराए । जस मध्ये ५ प्यानलबाट ४३ जना र ११ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिए ।

समाजवादी विद्यार्थी फोरम अनेरास्ववियुकाे प्यानलैबाट चुनाव लडेकाे थियाे । विद्यार्थी फोरमलार्इ समानुपातिक सहसचिव, १ प्रत्यक्ष १ समानुपातिक सदस्य दिनेगरी सहमति भएकाे अनेरास्ववियुका पाेखरा विश्वविद्यालयका इन्चार्च कनिष्क पटेलले जानकारी दिए । – नयाँ पेज

प्रतिक्रिया दिनुहोस्