चुनावी खर्च विवरणः कांग्रेस पहिलो ,नेपाल दर्शन अन्तिम



काठमाडौं, २१ चैत

गत १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी रकम नेपाली कांग्रेसले खर्च गरेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचनमा विभिन्न १० शीर्षकमा भएको खर्च रकमको विवरण पेस गर्न ५ चैतसम्मको समय दिएकोमा सबैभन्दा बढी खर्च नेपाली कांग्रेसले गरेको हो । कांग्रेसपछिको धेरै खर्च एमालेले गरेको छ । सबैभन्दा कम खर्च गर्ने दल नेपाल दर्शन पार्टी हो ।

कांग्रेसले २ करोड ५ लाख ८३ हजार ४ सय ९६ रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएको छ । एमालेले बुझाएको खर्च विवरणमा १ करोड ७७ लाख १७ हजार खर्च भएको उल्लेख छ । माओवादीले मात्रै ३४ लाख खर्च भएको हिसाब बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्