ठमेलका ‘पुरुष बेश्या’ जोसँग एक रातको ५० हजारसम्म खर्चन्छन् महिला



काठमाडौं, ९ चैत

‘हुन त ठमेल सधैं रामिरहन्छ, सधैं जमिरहन्छ । त्योमाथि पनि शुक्रबार । बेग्लै रौनक थियो ठमेलमा ।

रंगीन आनन्द, रंगीन रमाइलो, नशामा झ्याप भएकाहरुदेखि जवानीका प्यास मेटाउनेहरुको भीड । छुट्टै संसारजस्तो । र हामी खोज्दै गयौं, ठमेलका केहि तीता, केहि मिठा यथार्थ ।

ठमेल, यौनकर्मीहरुको अखडाकै रुपमा लिने गरिन्छ । काठमाडौँमा भएका अधिकांस डान्सबारदेखि नाइट क्लबहरु ठमेलमै छन् । तर आजको प्रसङ्ग महिला यौनकर्मी होइन, पुरुष यौनकर्मीको हो ।

ठमेलको एउटा होटल । जहाँ त्यस्ता पुरुष बेश्या हुन्छन् भन्ने थाहा पाएपछि हामी ग्राहक बनेर त्यहाँ गयौं । महिला यौनकर्मीजस्तो सजिलै डिल नहुने रहेछ । त्यसमा पनि थरी थरीका पुरुष बेस्या । एक रातको ५ हजारदेखि ५० हजारसम्मको रेट । दलाली महिला । हामीले पनि एक दलालीसँग सम्बाद गर्यौं यसरी :

सम्बाददाता : अँ ! यहाँ हाम्रा लागि पनि व्यवस्था मिल्छ भनेर आको !
दलाली महिला : अँ ! पाइन्छ !

सम्बाददाता : कस्तो कस्तो पाइन्छ ?
दलाली महिला : कस्तो भन्या कस्तो ? खोजे जस्तो पाइन्छ । बबाल ‘पावर’वाला ।

सम्बाददाता : फोटो हेर्न मिल्छ ?
दलाली महिला : फोटो किन मान्छे हेर्नुस् न (होटलको कुनामा बियर पीउंदै गरेका ३ पुरुषलाई देखाउँदै) कुनसँग गर्ने ?

सम्बाददाता : कहाँ गर्ने हो ? घर लैजान पाइन्छ कि यतै हो ?
दलाली महिला : दुवै पाइन्छ । एक पटक सोध्नुपर्छ ।

सम्बाददाता : रेट कति हो नि ?
दलाली महिला : १ घण्टा हो भने ५००० ।

सम्बाददाता : अनि होल नाइट नि ?
दलाली महिला : कति जना हो ?

सम्बाददाता : हामी दुइ जना
दलाली महिला : दुइ जना लाने हो ?

सम्बाददाता : दुइ जना लागे कति, एक जनाको कति
दलाली महिला : दुइ जना नै लैजाने हो भने म होल नाइट मिलाएर गर्दिन्छु । यहाँ माथि नै बस्ने हो भने दुइ जनाको १० हजार सम्म गर्दिन्छु । बाहिर लाने हो भने दुइ जनाको १५००० ।

सम्बाददाता : कस्तो कस्तो पाइन्छ यहाँ ?
दलाली महिला : जस्तो भने त्यस्तै । ५००० देखि ५० हजारसम्म लिने हुन्छन् ।

सम्बाददाता : ए.ए. नाम के हो तिनीहरुको ?
दलाली महिला : कसैको नाम छैन, सबै मिसन म्यान भनेर चिन्ने हो ।

सम्बाददाता : कण्डम प्रयोग गर्छन् कि नाइँ ?
दलाली महिला : केटिहरुको जस्तो रिस्क हुन्न नि । तपाईंले जे भने त्यहि गर्छन् ।

सम्बाददाता : पुलिसको डर त हुन्न नि ?
दलाली महिला : हुँदैन । हामी सब व्यवस्था मिलाउँछौं ।

सम्बाददाता : तपाईंको नम्बर दिनुस् न । मेरो साथी उता बसेकी छे, म लिएर पनि आउंछु ।
लाली महिला : हुन्छ । ल टिप्नुस त, ‘९८०.…. ‘

यो त प्रतिनिधि घटनामात्र हो । ठमेलमा दिनहुँ हुन्छन् यस्ता सेटिङ । झट्ट हेर्दा कुनै फिल्मका हिरो जस्तो । तर काम बेस्यावृति । पुरै दलाली मार्फत काम । महिला बेस्याहरुजस्तो आफैं डिल नहुने रहेछ । सस्तोमा ५०००देखि महँगोमा ५०००० सम्म प्रति रात ।

सरकारी तथ्यांक भन्छ, ‘२० हजारभन्दा बढी पुरुष यौनकर्मी सक्रिय ‘
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक केहि समय अगाडी सार्वजनिक गरेको थियो ।
केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी (जिगेलो) छन् । इन्टरपिड नेपालले चार महिना लगाएर गरेको यस्तो अध्ययनले नेपालमा पुरुष यौनकर्मीको संख्या बढ्दो मात्रामा रहेको समेत दाबी गरेको थियो।

पहिलोपटक सन् २०१० मा मुलुकमा महिला यौनकर्मीहरूको तथ्यांक संकलन गरिएको थियो । २०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा १ लाख ११ हजार ८ सय ५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६ सय २५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको अनुमान छ ।

६ वर्षको अवधिमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि हुनु आश्चर्यजनक भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्