किन बढिरहेका छन् पुरुषका स्तन ?



पुरुषहरुमा, खासगरी युवाहरुमा छातिमा स्तनको आकार बढ्नुमा तेलको प्रभाव रहेको एक शोधले देखाएको छ ।

खासगरी लावेन्डर तथा चियाको तेलमा हुने रसायनका कारण युवाहरुमा स्तनको आकार बढिरहेको अध्ययनको निष्कर्ष छ । तेलमा हुने ८ प्रकारका रसायनले पुरुषको शरीरमा हर्मोनसँग प्रतिक्रिया गरी स्तनको आकार बढाउँछ ।

पुरुषमा स्तनको आकार असामान्य हुनुलाई गाइनेकेमस्टिया भनिन्छ । एस्ट्रोजेन हर्मोनका कारण पुरुषमा स्तनको आकार ठूलो हुन्छ र यसमा उक्त तेलमा हुने रसायनले उत्प्रेरकको काम गर्दछ । तेलको उक्त रसायनले एस्ट्रोजेन र टेस्टेस्टेरोन हर्मोनलाई बढावा दिन्छ ।

खासगरी यस्तो तेल साबुन, लोसन, स्याम्पु तथा हेयर कण्डिसनरमा प्रयोग गरिन्छ । साथै औषधि र सफाइसँग सम्बन्धित विभिन्न केमिकलमा पनि यस तेलको प्रयोग गरिएको हुन्छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्