शैक्षिक मेला शुरु



धनगढी, ७ चैत

भारतका विभिन्न विश्वविद्यालयको शिक्षाबारे जानकारी दिन ‘नेक्सस इन्डियन एजुकेशन फेयर’ (शैक्षिक मेला) शुरु भएको छ ।

सो दुईदिने मेलामा ती विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रमका साथै छात्रवृत्ति व्यवस्थाका विषयमा जानकारी दिइएको छ ।

मेलामा पहिलो दिन करिब एक हजार छात्रछात्रा सहभागी भएको आयोजक नेशनल कन्सल्टेन्सीका प्रमुख भरत जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्