अव तीन दिनमै विद्युतीय कार बन्ने



पछिल्लो समय प्रविधिको चरम विकास भएको छ । मानिसले महिनौं दिन लगाएर गर्ने काम मेसिनबाट एकैछिनमा सम्पन्न हुने गरेको छ । यसैक्रममा तीन दिनभित्रै कार बन्ने समाचार सार्वजनिक भएको छ ।

थ्री डी प्रिन्टर प्रयोग गरी तीन दिनमै विद्युतीय कार बन्ने भएको हो । यो कार अर्को वर्षदेखि एसिया र युरोपको बजारमा उपलब्ध हुनेछ । दुई सिटे यो कारलाई ‘एलएसईभी’ नाम दिइएको छ ।

यो चिटिक्क परेको कार निर्माणको अन्तिम तयारी भइरहेको र सन् २०१९ को अप्रिलसम्म बजारमा उपलब्ध भइसक्ने डेलिमेलले जनाएको छ । जसको मूल्य सात हजार ५२५ यूरो पर्ने बताइएको छ । नेपाली मूल्य नौ लाख बढी पर्छ ।

यो कार ४.९ फिट अग्लो र ८.३ फिट लामो र ४.३ फिट वाइड हुनेछ । यसैगरी यो कारको तौल ३४० केजी हुनेछ । प्रतिघन्टा ७० किलोमिटर (४३) माइल गतीमा गुड्न सक्ने स्मार्ट कार एकपटक फुल चार्ज भएपछि १५० किलोमिटर गुड्न सक्नेछ ।

यस्तो कार निर्माणको कन्सेप्ट हङकङको एक्सइभी लिमिटेडले ल्याएको हो । जसको डिजाइन इटालीमा भएको हो र उत्पादन भने चीनबाट हुनेछ । एक्सइभी लिमिटेडका संस्थापक लोओ टिकले डेलीमेलसँगको कुराकानीमा उक्त कारमा थ्रीडी प्रविधीका सामाग्री प्रयोग हुनेछन् । जसमा इन्ह्यान्सड नाइलन, पोलिल्याटिक एसिड लगायतका थ्री डी प्रिन्टिङ इलिमेन्टस प्रयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्