विश्वकपमा असफल भए सन्यास लिने – मेसी



काठमाडौँ । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् ।

अर्जेन्टिनाको साप्ताहिक टिभी शो ला कोर्निसा कार्यक्रममा बोल्दै मेसीले आफुले रसियामा विश्वकप जित्न चाहेको उल्लेख गरे ।

उनले आफुले रसिया विश्वकप जित्ने सपना देखेको बताउदै रसियामा अफसल भए आफूसँग राष्ट्रिय टिमबाट बिदा लिने मात्र विकल्प बच्ने बताए ।

गत विश्वकपमा जर्मनीसँग फाइनलमा पराजित भएको अर्जेन्टिनाले विश्व फुटबलमा ठुलो उपाधि जित्न लामो समयदेखि असफल हुदै आएको छ । विश्वकप र कोपा अमेरिकामा असफल भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबल नखेल्ने घोषणा पनि गरेका थिए । तर उनका विश्वभरका फ्यान र आफ्नै देशका आम जनताकोप्रेसर पछि खेलमा फर्किएर अर्जेन्टिनालाई विश्वकपमा पुर्याएका थिए ।

मेसी यस साताको अन्त्यमा इङल्याण्डमा इटालीसँगको मैत्रीपूर्ण खेलका लागि जादै छन् ।

क्लब फुटबलमा अत्यन्त सफल मेसीले अर्जेन्टिनाका लागि १२३ खेल खेल्दै ६१ गोल गरेका छन् । बार्सिलोनाका लागि ३० भन्दा बढी उपाधि जिताएका मेसीले अर्जेन्टिनाका लागि २००५ को यु-२० विश्वकप जिताएका छन् भने ओलम्पिकमा अर्जेन्टिनालाई २००८ को गोल्डमेडल पनि जिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्