यौन सम्पर्क गर्नुअघि पिसाब फेरे के हुन्छ ?



यौन सम्पर्क मानव जीवनको लागि महत्वपूर्ण छ । तर यसलाई सुरक्षित र हानीरहित बनाउनु अझै त्यो भन्दा बढि महत्वपूर्ण छ । असुरक्षित यौन सम्पर्कले यौनजन्य रोगहरु त निम्त्याउँछ नै तर यौन सम्पर्कको बेलामा अन्य कुराहरुमा ध्यान नदिदा यसबाट शरीरलाई विभिन्न हानी पुग्न सक्छ ।

यौन सम्पर्क गर्नु भन्दा अगाडी पिसाब फेर्ने महिलाहरुमा मुत्रनलीको संक्रमण हुने जोखिम बढि रहने देखिएको छ । एक यौन विशेषज्ञका अनुसार सेक्स गर्नु भन्दा अघि पिसाव फेर्दा यस्तो संक्रमण हुन सक्छ ।

याहु हेल्थसँग कुरा गर्दै न्युयोर्कका यूरोलोजिष्ट डेभिड कफम्यानले सेक्स गर्नुअघि पिसाव फेर्दा धेरै महिलाहरुको स्वास्थ्य जोखिममा परेको बताए । कफम्यानका अनुसार महिलाहरुमा हुने हनिमुन सिष्टिसिस नामक मुत्रनली सम्बन्धी (post-coital urinary tract infections) रोगको प्रमुख कारण सेक्स गर्नुअघि पिसाव फेर्नु हो ।

उनले भनेका छन्, ‘ब्याक्टेरियामा सुक्ष्म अंकुश हुन्छ जसले उसलाई मुत्रनलीको तहमा टाँसिन मद्यत गर्छ ।’ सेक्स गरिसकेपछि मात्रै पिसाव गरेमा यस्ता ब्याक्टेरिहरु बगेर बाहिर जान्छन् र मुत्र थैलीतिर जान पाउँदैनन् ।

कतिपय महिलाहरु सेक्स गर्नुअघि पिसाव फेर्नु सामान्य हो भन्ने ठान्छन्, तर यसले उनीहरुलाई हानी गरिरहेको हुन्छ । यदि सेक्स पछि पिसाब फेर्नको लागि पर्खने हो भने ब्याक्टेरिया पखाल्नको लागि मुत्र थैलीमा पर्याप्त पिसाब जम्मा हुन्छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्