युट्युवमा चर्चित हुन खोज्दा प्रेमिकालाई सजाय



लसएञ्जलस । युट्युब प्रयाङ्क भिडियो बनाउने क्रममा दुर्घटनामा पर्दा प्रेमिकाको हातबाट युवकको मृत्यु भएको छ । प्रेमी युवकको मृत्यु भएपछि प्रेमिकालाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।

२० वर्षीया मोनालिसा प्रेजलाई उनका प्रेमी पेड्रो रुइजले गत जुनमा एक फिट टाढाबाट बन्दुक चलाउन लगाएका थिए । त्यस समय पेड्रोले आफ्नो छातिमा १.५ इन्चको मोटो इन्साइक्लोपिडिया किताब बोकेर उभिएका थिए ।

मोनालिसाले धेरै नजिकबाट गोली चलाएपछि किताबले उनलाई छेक्न नसक्दा पेड्रोलाई गोली लागेको हो । यसरी आफ्नै हातबाट प्रेमीको मृत्यु भएपछि मोनालिसालाई घटनाले स्तब्ध बनाएको थियो ।

यसका लागि उनीमाथि २० वर्षको जेल सजाय तोक्न सकिने बताइएपनि स्टन्टको सबै योजना पेड्रोले नै बनाएको प्रमाणित हुँदा अदालतले उनको सजाय कम गराउने निर्णय गरेको बताइएको छ । उनीहरुले सुरक्षित मानेर उक्त स्टन्ट गरेकाले दुर्घटनावश् पेड्रोको मृत्यु भएकाले पनि मोनालिसालाई अदालतले केबल ६ महिनाको सजाय सुनाएको छ ।

इन्टरनेटमा चर्चित हुने मोहले उनीहरुले यस प्रकारको भिडियोहरु बनाउन सुरु गरेका थिए । यसअघि भने उनीहरुका सबै स्टन्ट सामान्य रहेको पाइएको थियो । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्