मृत्युलाई जितेर घर फर्किए दयाराम र किशोर…(फोटो फिचर)



बंगलादेशी बिमान दुर्घटनामा परी आफ्नै अगाडि थुप्रैको मृत्यु देखेका दयाराम ताम्राकार र किशोर त्रिपाठी कालको मुखबाट जोखिएर घर फर्किएका छन् ।

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत सोमबार दुर्घटनाग्रस्त युएस बंगला विमानमा परेका काठमाडौँ कपनका दयाराम र भक्तपुर बालकोटका किशोर उपचारपछि आइतबार घर फर्केका हुन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका उनीहरुलाई अस्पतालले आइतबार विशेष विदाई कार्यक्रम समेत गरेको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि निको भई घर फर्कन लागेका दुवैजनालाई खादा लगाएर सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । दुर्घटनापछि उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएकामध्ये काठमाडौँको वनस्थलीका हरिप्रसाद सुवेदी र कीर्तिपुरका विनोदराज पौडेलको उपचार भइरहेको छ ।

गत सोमबार युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । घाइतेहरुको अहिले पनि बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्