अपरिचित जोडीले विमानभित्रै यौनसम्बन्ध राखेपछि…(भिडियो सहित)



लसएञ्जलस । भर्जिन अटलान्टिक विमानमा यात्रा गरिरहेकी एक महिलाले उडिरहेको विमानमा नै शारीरिक सम्बन्ध राखेर सबैलाई चकित बनाएकी छन् । १३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि यौन सम्बन्ध राखेकी हुन् । सो फ्लाइट ११ घन्टाको थियो ।

महिलाले अपरिचित युवालाई सुरुमा चुम्बन गरेको र त्यसपछि इकोनोमी क्लासको बाथरुममा गएर आपत्तिजनक क्रियाकलाप गरेको दि सनले जनाएको छ ।

दुवै जना बाथरुपमा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए । जब ढोका खुल्यो त्यहाँ आपत्तिजनक अवस्था देखिएको विमानका कर्मचारीले जनाएका छन् ।

रोचक त के छ भने विमानमा चढ्दा यी दुईले एकअर्कालाई चिन्दैन थिए । बोरिङ पास लिँदासम्म पनि दुबैबीच परिचय भएको थिएन । विमानका प्रत्यक्षदर्शीका अनुसार ती महिलाले रक्सी पिएर विमानमा चढेकी थिइन् । उनै महिलाको प्रस्तावमा पुरुष साथी बाथरुममा गएर सेक्स सम्बन्ध राखेको जनाइएको छ ।

बाथरुममा के भइरहेको छ भन्ने कुरा विमानमा यात्रा गरिरहेका यात्रुले अन्दाज गर्न सक्थे । किनकि ती महिला चर्को आवाज निकालिरहेकी थिइन् । भिडियो फुटेजमा बाथरुमबाट पहिला पुरुष निस्कन्छन् । उनले भन्छन्, ‘महिला बिरामी छिन् ।’

विमानका स्टाफले उनीहरू एक अर्कालाई नचिन्ने व्यक्ति भएको पत्ता लगाएपछि छुट्टाछुट्टै सिटमा बस्न बाध्य गराएपछि यात्रुले ताली बजाएका थिए ।

घटनाले तब नयाँ रुप लिन्छ जब उनीसँगै बसेकी महिलासँग बादविवाद गर्न थाल्छ्नि । ती महिलालाई मेक्सीको उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्