‘लम्फू’ फिल्मको दोश्रो गीत रिलिज



‘लम्फू’ फिल्मले आफ्नो दोश्रो गीत रिलिज गरेको छ। फिल्मको ‘दोधारमा परें म’ बोलको गीत रिलिज भएको हो । यो गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेका छन् ।

बैशाख २८ मा रिलीज हुने ‘लम्फू’को यस गीतमा नायिका मरिश्का पोखरेलको अभिनय रहेको छ भने नव-नायक कबिर खड्का पनि भिडियोमा छन् । गीतका कोरियोग्राफर शिव विक हुन् ।


गोपालचन्द्र लामिछानेको निर्देशितर ‘लम्फू’मा कबिर तथा मरिष्काका अलावा सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने लगायतको अभिनय रहेको छ । फिल्ममा तरकारीवालीका रूपमा इन्टरनेटमा भाइरल भएकी कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्