प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्ने



काठमाडौं, ५ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण उत्तरी छिमेकी चीनबाट सुरु गर्ने भएका छन्। नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको विदेश भ्रमणको तयारी भइरहेको जानकारी दिए।

‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं, पहिलो भ्रमण चीनबाट हुनसक्छ’, उनले भने।

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुन लागेको हो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले ‘पहिला कुन देश जाने भन्नेबारे अहिले एकिन नभएको र भारतबाट पनि हुनसक्ने र चीनबाट पनि हुनसक्छ, जहाँबाट पनि हुनसक्छ, प्रधानमन्त्री र राष्ट्रपति दुवै जना विदेश भ्रमणमा जानुहुन्छ, तर अहिले भ्रमण तालिका निश्चित नभएको बताए।

उनले भारत र चीन लगायत अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास दिलाए। भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिइसकेकोले आफूहरु त्यसप्रति पूर्ण सकारात्मक रहेको ज्ञवालीको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्