ह्यापी वर्थ डे आँचल : अाज नायिका आँचल शर्माको जन्मदिन



चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट रजतपटमा प्रवेश गरेकी नायिका आँचल शर्मा आज २१ औँ जन्मदिन मनाउदैछन् । ६ फिट अग्ली आँचल सानो उमेरबाट नै कार्यक्रम प्रस्तोता हुँदै विभिन्न ब्युटी पेजेन्टहरुमा सहभागी भएकी थिइन् ।

उनले मिस प्लस २ नामक ब्युटी पेजेन्टको उपाधि समेत जितेकी हुन् । निर्देशक विकास आचार्यले ‘नाई नभन्नु ल ४’ बाट डेव्यु गराएसँगै शर्माले जोनी जेन्टलम्यान, शत्रु गते, ब्लाकमा काम गरिसकेकी छिन् ।

‘शत्रु गते’ यही चैत्र ९ गतेबाट प्रदर्शन हुदैँछ भने ‘ब्लाक’ आउँदो जेठ ११ गतेबाट प्रदर्शन हुँदैछ । सिनेपाटीसँग कुरा गर्दै आँचल आफू २१ वर्षमा प्रवेश गरेको जानकारी दिइन् । सिनेबृतमा आँचलसँग नायक पल शाहको नाम जोडिने गर्दछ । यी दुई प्रेम सम्बन्धमा रहेको चर्चा भएता पनि आँचल यस कुरालाई स्वीकार गर्दिनन् ।

प्रतिक्रिया दिनुहोस्