बाङ्गो-टिङ्गो दाँतलाई मिलाउन ‘ब्रासेज’ भन्दा बाहेकका यी ५ विकल्प !



काठमाडौं, ५ चैत

ब्रासेजको विकल्प

आफु नराम्रो देखिन कसैलाई पनि मनपर्दैन र राम्रो देखिन सबैले अनेकौ उपायहरु अपनाउछन्। मानिसलाई राम्रो देखिनको लागि सबैभन्दा बढी दाँतको मुख्य भूमिका हुन्छ। किनकि जब हामी मुस्कुराइरहन्छौ तब सकरात्मकता देखिन्छौ। तर जसको दाँत राम्रो छैन उ मुस्कुराउन अफ्ठ्यारो मान्छ। त्यसैले धेरै मानिसहरूले आफुलाई सुन्दर बनाउनको लागि ब्रासेजको प्रयोग गर्छन्। तर धेरै मानिसहरु धातुको ब्रासेज प्रयोग गर्न डराउछन्। यस्तो अवस्थामा ती मानिसहरुले ब्रासेज भन्दा अन्य उपाय पनि अपनाउन सक्छन्। ब्रासेज बाहेक अन्य विकल्पहरूको बारेमा जान्नुहोस्।

१. रिटेनर्स

यसलाई कुनै पनि समयमा दाँतमा लगाउन सकिन्छ र दाँतबाट निकाल्न पनि सकिन्छ। दाँतलाई सिधा बनाउनको लागि यसको प्रयोग गरीन्छ। एसिक्स रिटेनर्स (Acex retainers ) पूर्ण रुपमा पारदर्शी हुन्छ, जुन दाँतमाथि लगाइन्छ। तर दाँत धेरै बाङ्गो-टिङ्गो छैन भने मात्र यसको प्रयोग संतोषजनक हुन्छ। यो धेरै महङ्गो हुदैन र यसलाई लगाउन पनि सजिलो हुन्छ।

२. हेडगियर वा क्याप

यदि तपाईको दाँत धेरै बिग्रेको छ र हेर्दा पनि नराम्रो देखिन्छ भने हेडगीयर वा क्यापको प्रयोग गर्न सक्नुहुन्छ। दाँतलाई सिधा बनाउन यसको प्रयोग गरीन्छ। यस क्रियामा माथिल्लो भागको दाँत र गिजालाई दबाब माथि दिइन्छ। यसको सबै भन्दा राम्रो कुरा भनेको यसलाई दिनमा केहि घण्टा मात्र लगाए हुन्छ। धेरैजसो मानिसहरु राती सुत्ने बेलामा लगाएर सुत्छन्। तर एउटा कुरामा ध्यान राख्नुहोस् कि खाने र ब्रश गर्ने समयमा यसलाई निकाल्नु आवश्यक छ।

३. क्‍लीयर अलिग्नर्स

इनविजअलाइन जुन क्‍लीयर अलिग्नर्सको रुपमा धेरै प्रयोग गरीन्छ। यो ब्रासेजको विकल्पमा प्रयोग गरीने सबै भन्दा लोकप्रिय विकल्प हो। यसको प्रयोगले हरेक प्रकारका दाँत मिलाउन सकिन्छ। यस क्रियामा दन्त चिकित्सकहरुले एउटा क्‍लीयर अलिग्नर्स ट्रे सिरिज दिन्छन् जसलाई दाँत माथि लगाइन्छ। प्रत्येक अलिग्नर्स दिनमा २० घण्टा लगाउनु पर्दछ। दुई हप्तापछि अर्को ट्रेको प्रयोग गर्नुपर्छ।

४.भिनियर

भिनियर पोर्सेलेनको पानीको जस्तै पातलो तह हुन्छ जुन दाँतमाथि लगाइन्छ। दाँतको नाप लिएर ल्याबमा पोर्सेलेन वा सिरामिकको तह तयार गरीन्छ। यसलाई दाँतमा फिट गर्नु पहिले दाँत माथिको इनामेलकोएक तह हटाइन्छ । यसलाई दाँतको खाली ठाउँमा भर्न प्रयोग गरीन्छ र यो पाच वर्षसम्म टिक्छ। पाँच वर्ष पछि फेरि भर्नु आवश्यक पर्दछ।

५.बोन्डिङ्ग
यदि दाँत भित्र छिरेको छ भने अगाडि ल्याउन, बाहिर निक्लेको दाँत भित्र लानको लागि र टूटे-फूटेको दाँतलाई मिलाउनको लागि बोन्डिङ्गको प्रयोग गरीन्छ। यदि कुनै दाँत बाहिर निक्लेको छ भने यसलाई बोन्डिङ्ग गरेर मिलाउन सकिन्छ। टूटे-फूटेको दाँतलाई मिलाउनको लागि दाँतको रङ्गको कम्पोजिट फिलिङ्गलाई दाँत माथि लगाइन्छ। यो सबै विकल्प मध्ये सजिलो र सस्तो विकल्प हो।

प्रतिक्रिया दिनुहोस्