‘चंगाचेट’मा आयुस्मान र प्रियंकाको जोडी



रियल लाइफका जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाइ अब रिल लाइफमा पनि देखिन पाइने भएको छ ।

खुलल्म–खुल्ला प्यारमा रमाएको यो प्रेम जोडीलाई चलचित्र ‘चंगाचेट’ मा देखिन पाइने भएको हो । यसअघि चलचित्र कथा काठमाण्डु मा पनि यो जोडीले काम गरेको थियो ।

माधव वाग्लेको निर्माण रहेको फिल्मको छायांकन चाँडै नै सुरु हुने बताइएको छ । दिपेन्द्र खनालको निर्देशनमा रहने चलचित्रमा श्रृचा शर्मा, रविन्द्र झा, सन्ध्या केशीको पनि मूख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्