रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन चौथोपटक निर्वाचित



मस्को । रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन चौथोपटक निर्वाचित भएका छन् । पुटिन ७६ प्रतिशत भन्दा बढी मतसहित विजयी भएको रुसी निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको चुनावमा ११ करोड नागरिकले मतदान गरेका थिए । उनको चुनावी अभियान टोलीले यो जितलाई अविश्वासनीय भनेको छ ।

जित निश्चित भएसँगै सुरु भएको र्याचलीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगतका उपलब्धिलाई नागरिकले अनुमोदन गर्दै आफूलाई मत दिएको प्रतिक्रिया दिएका छन् ।
उनको कार्यकाल ६ वर्षको हुनेछ । पछिल्ला वर्षमा पुटिनको लोकप्रियता र शक्ति विश्वभर नै बढेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

यस निर्वाचनमा रुसका प्रमुख प्रतिपक्षि दलका नेता एलेक्सी नाभालनिलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।

पुटिनले यस आघि सन् २०१२ मा ६४ प्रतिशत मत ल्याएर विजयी बह्येका थिए । उनले २०१२ को भन्दा १२ प्रतिशत मत बढी ल्याएर विजयी भएका छन् । पुटिनका नाजिका प्रतिष्पर्धी पाभेल ग्रुडिनिनले १२ प्रतिशत मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्