विश्व सामाजिक कार्य दिवश २०१८ (फोटो फिचर)



काठमाडौँ, ४ चैत
पेन्टागन इन्टरनेशनल कलेजको आयोजनामा ३ दिने विश्व सामाजिक कार्य दिवश २०१८ को सामाजिक र्याली आज भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

२४ भन्दा बढी कलेजका लगभग २५०० विद्यार्थीहरुको सहभागितामा आलोकनगरबाट र्याली सुरु भई शंखमुल, बुद्धनगर, विजुलीबजार हुँदै माईतीघरमा र्याली टुङ्गीएको थियो । साथै समाजिक सद्भाव जगाउने उद्देश्यले सहभागी विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रमको मुल उद्देश्य समाजिक कार्यकर्ता र अभियन्ताहरुको पेशागत पहिचानको सुनिश्चता गर्ने रहेको कुरा पेन्टागन कलेजका संयोजक उदय बुढाथोकीले बताएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्