स्थानीय तहमा तत्काल संविधानको कार्यान्वयन अवश्यक



दाङ, ३ चैत

संविधान कार्यान्वयनको अनुभूति अझै पनि स्थानीय तहमा गराउन नसकेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्  ।

मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आज ‘संघीय संरचनामा मानवाधिकारको भूमिका’ विषयक कार्यक्रममा सहभागी जनप्रतिनिधिले  आफूहरुले सय दिन बितिसक्दासमेत नयाँ अनुभूति गराउन नसकेको बताएका हुन् ।

प्रदेशसभा सदस्य उत्तरकुमार वलीले स्थानीय तहका २२ वटा र प्रदेशसभाका २१ वटा अधिकारलाई सही ढंगले कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभयो । नियम, कानून, ऐन र आर्थिक व्यवस्थापनको कमीका कारण समस्या आएको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख  माया शर्माले मानवाधिकारको संरक्षण र प्रवद्र्धनका लागि अभियान सञ्चालन गर्न आग्रहसमेत गर्नुभयो । सोही अवसरमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले स्थानीय तहमा संविधान कार्यान्वयन हुन नसेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष टीकाराम खड्का, नेपाली काँग्रेसका जिल्ला सदस्य सुरेन्द्र खड्का, नेकपा (माओवादी केन्द्र)का नेता रामजी चौधरी नेपाल कम्युनिष्ट पार्टीका नेता विकास वलीले राज्यलाई सही ढंगले सञ्चालन गर्नका लागि मानवाधिकार तथा शान्ति समाजजस्ता संस्थाले खबरदारी गरिरहनुुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्