चारवटी श्रीमती बिहे गर्ने चर्चित बलिउड अभिनेताहरु…



वलिउडमा लब अफयेरबारे ठुलै चर्चा हुने गरेको छ । ब्रेकअप तथा लिंकअपका समाचाहरु बारम्बार मिडियामा आइनै रहन्छन् । के तपाईलाई थाहा छ बलिउडमा केही यस्ता सेलीब्रिटीहरु छन् जसले एउटी होइन दुईटी पनि होइन तीनवटी सम्म विवाह गरेका छन् । वैवाहिक सम्बन्धलाई तोड्दै अर्को विवाह गर्दै गरेका केही सेलिब्रिटीहरु यस्ता रहेका छन् ।

१. संजय दत्त
दत्त खानदानका एकमात्र छोरा संजय प्राय विवादमा परिनै रहे । उनी जीवनमा ठुला उतारचढाव आइनै रहे । उनले जस्तो समस्या अरु सेलिब्रिटीले देखेका छैनन होला । संजय दत्त तीनपटक विवाह बन्धनमा बाँधिए । संजयकी पहिली पत्नी अभिनेत्री रिचा शर्मा थिइन् । उनको ब्रेन टुयुमरका कारण मृत्यु भएको थियो । त्यसपछि उनलाई साथ दिइन् रिया पिल्लाइले । तर यो सम्बन्ध धेरै समय टिक्न सकेन र उनीहरु अलग्गिए । त्यसपछि सन् २००८ मा संजयले मान्यतासँग विवाह गरेका थिए ।

२. किशोर कुमार
बलिउडमा किशोर कुमारका आवाजको चर्चा सायद अरु कलाकारको भएको छैन । उनी नरम र ट्यालेन्टेड व्यक्तित्वका रुपमा परिचीत छन् । किशोर कुमारले ४ वटा विवाह गरे । किशोरको पहिलो पत्नीको नाम थियो रुमा गुहा । उनी बंगाली गायिका थिइन् । त्यसपछि बलिउडकी चर्चीत नायिका मधुबालासँग उनको प्रेम भयो । तर मधुबालाको अचानक मृत्यु भयो । मधुबाला पश्चात किशोरले योगितासँग विवाह गरे जुन सफल हुन सकेन । त्यसपछि किशोरले लिना चंदावरकरसँग विवाह गरे अन्तिम साससम्म उनीसँगै बसे ।

३. विधु विनोद चोपडा
भारतीय सिनेमाका सफल निर्देशकका रुपमा परिचीत विधु विनोद चोपडाले धेरै विवाह गरे । उनले सबैभन्दा पहिला रेनु सलुजासँग विवाह गरे जो सम्पादक थिइन् । विधु र रेनुको जोडी जम्न नसकेपछि विधुले शबनम सुखदेवसँग विवाह गरे । उनी सर्ट फिल्ममेकर थिइन् । शबनमसँग पनि कुरा नमिलेपछि विधुले एकपटक फेरि एक्लै भए । त्यसपछि उनले विवाह गरे अनुपमा चोपडासँग, उनी फिल्म समिक्षक हुन् । हालसम्म यो जोडी भने टुटेको छैन ।

४.सिद्धार्थ राय कपुर
फिल्म खेल्ने कलाकारमात्र धेरै पटक विवाह गर्ने होडमा अघि छैनन । फिल्म निर्माण गर्ने निर्माताहरु पनि धेरै पटक विवाह गर्नेमा अगाडि रहेका छन् । केही वर्ष अघि विद्याबालनसँग विवाह गरेका सिद्धार्थले त्यसअघि पनि दुईवटा विवाह गरेका थिए । सिद्धार्थको पहिलो विवाह बच्चादेखि कै साथी आरती बजाजसँग भएको थियो । तर पहिलो बिहे टुटेपछि उनले टिभी प्रोडुसर कवितासँग विवाह गरेका थिए । तर यो विवाह केही समयमा नै टुट्यो । त्यसपछि उनको जीवनमा आइन् विद्याबालन । उनीहरुले सनु २०१२ मा विवाह गरेका थिए ।

५.अदनान स्वामी
पाकिस्तानबाट भारत आफ्नो करिअर बनाउन आएका अदानानले हालै भारतको परिचयपत्र लिएका छन् । उनले आफ्नो जीवनकालमा तीनवटी महिलासँग विवाह गरे । अदानानले पहिलो विवाह फिल्म ‘हिना’ की अभिनेत्री जेबा बख्तियारसँग गरेका थिए । जेबा बख्तियारसँग वैवाहिक सम्बन्ध राम्रो नबनेपछि दुबईमा बस्दै आइरहेकी सबाह गलादेरीसँग विवाह गरे । विवाह गरेको केही महिनामा नै सम्बन्ध टुट्यो । त्यसपछि उनको जीवनमा आइन् रोया फारयाबी । हालसम्म उनको र रोयको सम्बन्ध प्रगाण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्