सी थप ५ वर्षका लागि चीनको राष्ट्रपति निर्वाचित



एजेन्सी : सी जीनपिङ दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा सर्वसम्मत चयन भएका छन्। शनिबार बिहान चीनको व्यवस्थापिका ‘नेशलन पिपुल्स कंग्रेस’ले सीलाई थप पाँच वर्षका लागि राष्ट्रपतिकामा निर्वाचित गरिएको हो। सिन्हवाले दिएको खबर अनुसार सी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि सर्वसम्मत चयन भएका छन्।

गत अब्टुबरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठककले सीलाई पसन पार्टीको महासचिवमा चयन गरेको थियो। सन २००७ मा चिनियाँ कम्यसनिष्ट पार्टीको स्थायी समिति सदस्य बन्दै चिनियाँ नेतृत्वका रुपमा उदाएका सी २०१२ मा पार्टीको महासचिव बनेका थिए। १०१३ मा चिनियाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्ष बनेका सी अर्काे ५ वर्षका लागि सोही पदमा निर्वाचित भएका हुन्।

यसै साता ‘नेशलन पिपुल्स कंग्रेस’ले एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बस्न नपाउने संवैधानिक व्यवस्था हटाएको थियो। यसबाट सीलाई अर्को ५ वर्षपछि पनि चीनको राष्ट्रपति हुन पाउने बाटो खुल्ला भएको छ।

प्रतिक्रिया दिनुहोस्