श्रीमद् भागवत महापुराण वाचनसँगै नाटक प्रस्तुत (फोटोफिचर)



काठमाडौँ, ४ चैत्र :

श्रीपशुपतिनाथ ग्वल पुचः समाजद्वारा आयोजित ‘श्रीपशुपतिनाथ महोत्सव मूल समारोह समिति–२०७४’ पाशुपत क्षेत्र भुवनेश्वरी चोकमा श्रीमद्भागवत महापुराण भव्य र सभ्य रुपमा सञ्चालन भइरहेको छ ।

श्रीपशुपतिनाथ महोत्सव २०७४ को अवसरमा विश्व हिन्दु युवासंघ अन्तर्राष्ट्रिय समिति तथा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय महिला समितिद्वारा गौ–संरक्षण तथा हिन्दु जागरण अभियानको लागि आयोजित संगीतमय श्रीमद् भागवत महापुराण प्रस्तुत भइरहेका छन्

पुराणका प्रमुख वाचक प. दिवाकर भण्डारीबाट पुराणसँगै नाटक पनि प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्