उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध, घोषणा भोलि हुने



३ चैत २०७४ काठमाडौं ।

उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् ।

उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन । कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘राष्ट्रपति विद्या भण्डारीले संवैधानिक सीमा उल्लंघन गर्नुभयो र तटस्थता कायम राख्नसक्नु भएन, त्यसैले आफ्नो असहमति जना उम्मेदवारी दिएका थियौं । अरुको हकमा सहमतिको पक्षमा छौं ।’

प्रतिक्रिया दिनुहोस्